तेह्रथुम, ११ फागु्न । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जन्मस्थान तेह्रथुमको आठराईमा ६९औ“ जन्मोत्सव मनाएका छन् । आइतबार आफ्नो जन्मस्थान आठराई गाउ“पालिका–४ ईवामा रहेको जन्मघरमा जन्मदिन मनाउन पुगेका प्रधानमन्त्री ओलीले आठराई क्षेत्रका चार सयभन्दा बढी ज्येष्ठ नागरिकलाई कपडा र दुई हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरे ।
प्रधानमन्त्रीको जन्मोत्सवमा सयौँ तेह्रथुमवासी ओलीको घर पुगेका थिए । आफ्नै जन्मघरमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले घरमै आएर जन्मोत्सव मनाउन पाउ“दा खुशी लागेको बताए । ओलीले आफ्नै जग्गामा अनुसन्धानको प्राविधिक शिक्षालय सञ्चालन गर्ने कार्य अन्तिम चरणमा पुगेको बताए । त्यसका लागि आवश्यक जग्गा आफै“ले उपलब्ध गराइदिने प्रधानमन्त्री ओलीको भनाइ थियो ।
उनले प्राविधिक शिक्षालय सञ्चालनका लागि जग्गाको अन्य कानूनी प्रक्रिया सबै पूरा भइसकेकाले चालू आर्थिक वर्षभित्रै काम अघि बढ्ने बताए । उनले कृषि शिक्षाका लागि चाहिने आवश्यक जग्गा आफैले व्यवस्थापन गरी दिएको बताउदै भने, ‘यही घरमुनीको टारबारीमा कृषि शिक्षालय खोल्ने हो, त्यसका लागि मैले नै जग्गा दिने हो ।’
आइतबार नै आफ्नो घरबाट जननेता मदन भण्डारीको जन्मघर ताप्लेजुङको ढुंगे–साँघु जोढ्ने ६५ किलोमिटर सडकको पनि शिलान्यास गरेका छन् । सबै युवालाई सस्तो ब्याजदरमा कृषि कर्जा दिएर भए पनि सरकार कृषि अभियानमा लागेको प्रधानमन्त्री ओलीको भनाइ थियो । भारी नपुगेर कृषि उत्पादनले बजार नपाएको भन्दै ओलीले प्रर्याप्त मात्रामा स्कुस, बेमौसमी तरकारी, फलफल लगायतका कृषि उपज उत्पादन गर्न गाउ“लेलाई आह्वान गरे ।
बुबा मोहनप्रसाद ओली र धर्मपत्नी राधिका शाक्यका साथ आएका ओलीले आफ्नो जन्मघरको सिकुवाको डिलमा बसेर तस्बिर खिचाएका थिए । बाल्यकालका केही दौतरीसँग पनि उनले भलाकुसारी गर्न भ्याए । ओलीले जन्मदिनको अवसरमा घरको आँगनमा केक काटेर बुबा मोहनप्रसाद र धर्मपत्नी राधिका शाक्यलाई खुवाए । पत्नी राधिका शाक्यले पनि ओलीलाई केक काटेर खुवाएका थिइन् ।
उनले आइबतार नै आफ्नो घरबाट जननेता मदन भण्डारीको जन्मघर ताप्लेजुङको ढुंगे सा“घु जोढ्ने ६५ किलोमिटर सडकको पनि शिलान्यास गरेका छन् ।