काठमाडौं । चीनको उत्तरपश्चिममा गएको भूकम्पमा परी १ सय ११ जनाको मृत्यु भएको छ ।
२ सय २० जनाभन्दा धेरै घाइते भएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।
चीनको सरकारी मिडियाका अनुसार गान्सु प्रान्तमा मध्यरातमा गएको भूकम्पले नजिकैको छिङहाई प्रान्तमा पनि धेरै भवनहरू ध्वस्त पारेको छ ।
भूकम्पको तीव्रता ५.९ र गहिराई १० किलोमिटर रहेको अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस)ले जनाएको छ ।
अहिले राहत तथा उद्धार कार्य जारी छ ।