काठमाडौं । नेपाल वायु सेवा निगमको भ्रष्ट व्यवस्थापनको कारण इन्जिन भाडामै करोडौँ रुपैयाँ खर्च भएको छ । न्यारोवडी जहाजको इन्जिन बिग्रिएर मर्मत गर्न निगमले ६ जुलाई २०२३ मा २१ दिनको लागि एमटियूसँग भाडामा लिएको थियो । तर, निगमले २० सेप्टेम्बर २०२३ सम्म उक्त ईन्जिन प्रयोग गरेर निगमलाई करोडौँ नोक्सानीमा पारेको छ ।
निगमन स्रोतका अनुसार निगमले २१ दिनका लागि भाडामा लिएको इन्जिन १८ महिनासम्म चलाउदा ५४१ दिनको दैनिक ६ लाख ५० हजारका दरले करिव ३५ करोड १६ लाख ५० हजार रुपैयाँ तिर्नुपर्नेमा ३८ करोड ४० लाख भुक्तानी गरिएको छ ।
स्रोतका अनुसार उक्त इन्जिन मर्मत गरेको बिलसमेत नक्कली भएको निगम कर्मचारीले बताएका छन् । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले दुई वर्षमा इन्जिन भाडामा मात्रै करोडौँ कमिशन खादा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करबाही नगरेकोप्रति निगम कर्मचारीले आपत्ति जनाएका छन् ।