काठमाडौं । माछापुच्छ्र्रे बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कोइराला थप अर्को कार्यकालका लागि नियुक्त भएका छन् । २०८० पुस ५ गते बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले कोइरालालाई थप चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा निरन्तरता दिने निणर्य गरेको हो ।
साढे दुई दशकभन्दा लामो अनुभव बटुलेका प्रमुख कार्यकारी अधिकृत कोइराला आफ्नो करिअरको छोटो समयमा नै उल्लेख्य प्रगति हासिल गर्न सफल बैंकरको रुपमा चिनिन्छन् । पहिलो कार्याकालमा माछापुच्छ्र्रे बैंकले वित्तीय सूचाकांकमा उल्लेख्य सुधार गर्दै डिजिटल प्रविधिमा फड्को मार्नुका साथै, संस्थागत सुशासनमा अव्वल सावित हुन सफल भएको छ ।