Logo
Logo

डेंगी संक्रमणबाट ५० हजारभन्दा बढीको मृत्यु, संक्रमितको संख्या ५० लाखभन्दा माथि


693
Shares

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले डेंगीको खतरालाई लिएर चेतावनी जारी गरेको छ । लामखुट्टेबाट सर्ने यो रोगबाट यस वर्ष ५० लाखभन्दा बढी संक्रमित भएको र ५० हजारभन्दा बढीको ज्यान गएको संगठनले जनाएको छ ।

जलवायु परिवर्तन पनि आंशिक रूपमा यो महामारी फैलिनुमा दोषी देखिएको छ । उच्च वर्षा, आद्र्रता र तापमान वृद्धिले लामखुट्टे फस्टाएको र संक्रमण बढेको बताइएको छ ।

डब्ल्युएचओले चार अर्ब मानिस डेंगीको जोखिममा भएको र संक्रमितमध्ये पनि धेरैजसो लक्षणविहीन हुने र सामान्यतया एकदेखि दुई हप्ताभित्र निको हुने गरेको पाइन्छ ।

डेंगीको कुनै खास उपचार नभएकोले, प्रारम्भिक पहिचान र चिकित्सकको निगरानीले सुधार ल्याउन सकिने बताइएको छ । यसको सङ्क्रमण पछिल्लो समय अत्यन्त तीव्र गतिमा बढेको छ ।

प्रतिक्रिया दिनुहोस्