एजेन्सी । इजरायली सेनाले गाजामा आफ्नो सैन्य अभियान जारी राख्ने जनाएको छ । इजरायली सेनाले यो अभियान कठिन र लामो हुने बताएको बीबीसीले जनाएको छ । इजरायली सेनाले यो हप्ता उत्तरी गाजा र दक्षिणी गाजामा कारबाही विस्तार गरेको छ ।
इजरायलको एक सञ्चारमाध्यमसँगको अन्तरवार्तामा पनि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायलले आफ्ना सबै लक्ष्य हासिल नगरेसम्म यो युद्ध जारी रहने बताएको खबरमा उल्लेख छ ।
यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग कुरा गर्दै नागरिकको सुरक्षामा जोड दिन आग्रह गरेका छन् । राष्ट्रपति बाइडेनले आफूले युद्धविरामका लागि कुरा नगरेको तर नागरिकको सुरक्षामा जोड दिएको बताएका हुन् ।
हमासको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा अहिलेसम्म २० हजारभन्दा धेरै मानिस मारिएका छन् जसमा झन्डै नौ हजार जनाभन्दा धेरै बालबालिका रहेका छन् ।
इजरायलतर्फ अहिलेसम्म १२ सय जनाको ज्यान गएको छ । हमासले दुई सय ४० जनालाई बन्धक बनाएकोमा झन्डै एक जनालाई रिहा गरेको छ ।