Logo
Logo

चार सचिवको सरुवा


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १४ फागुन ।
सरकारले चार जना सचिवको सरुवा तथा पदस्थापन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दुई जना सचिवको सरुवा र हालै सचिवमा बढुवा भएका दुईको पदस्थापन गरेको हो ।


राष्ट्रिय योजना आयोगका सचिव लक्ष्मण अर्यालको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ भने कर्णाली प्रदेशका प्रमुख सचिव केवलप्रसाद भण्डारीलाई राष्ट्रिय योजना आयोगमा ल्याइएको छ ।
हालै सचिवमा बढुवा भएका टेकनारायण पाण्डेलाई कर्णाली प्रदेशको प्रमुख सचिवमा र रामकृष्ण सापकोटालाई नेपाल ट्रष्टमा पदस्थापन गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ ।
त्यस्तै बैठकले स्वास्थ्यतर्फ १२ औं तहमा चार जनालाई बढुवा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्