काठमाडौं । किर्ते कागजातको आरोप लागेका उपरथी निर्मलकुमार थापालाई नेपाली सेनाले रथीमा बढुवाका लागि सिफारिस गरेको छ ।
नेपाली सेनाको बढुवा सिफारिस समितिले बुधबार किर्ते कागजातको आरोप लागेका थापालाई बढुवा सिफारिस गर्ने निर्णय गरेको हो ।
रथी सिताराम खड्का अनिवार्य अवकासमा गएपछि रिक्त भएको पदमा थापालाई बढुवा गर्न लागिएको हो । थापा हाल राष्ट्रसंघीय शान्ति मिसन सिरियामा फोर्स कमाण्डरको रुपमा कार्यरत छन् ।
थापाविरुद्ध कुनै दाबी विरोध वा उजरी भए बढुवा समितिमा ७ दिन भित्रमा दिन नेपाली सेनाले आह्वान गरेको छ । उनीमाथि नक्कली शैशिक्षक प्रमाणपत्र प्रयोग गरेको आरोप छ ।
प्रधानसेनापतिका दाबेदार मानिएका थापाको शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्दै छानविन र आवश्यक कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोजमा उजुरी परेको छ । उजुरीमाथि अख्तियारले कारबाही प्रारम्भ गरेको छैन ।
यसअघि अशोकराज सिग्देल रथीमा बढुवा भइसकेका छन । उनी पनि थापा जस्तै किर्ते कागजातको आरोप लागेका अधिकृत हुन् । त्यसैले सिग्देल नै प्रधानसेनापति बन्छन् भन्ने छैन ।
सिग्देल प्रधानसेनापति बन्ने निश्चित नभएकाले सिग्देल पछिको बरियतामा रहेका थापा प्रधानसेनापति बन्ने सम्भावना रहन्छ । तर, थापालाई पनि किर्ते कागजातकोे आरोप छ ।
प्रधानसेनापति प्रभुराम शर्मा आगामी भदौ २४ गते कार्यकाल पूरा गरेर अवकास हुँदै छन् ।