काठमाडौं, १५ फागुन । सिटिजन्स् बैंक इन्टरनेसनल लिमिटेडले महोत्तरीको बर्दिवास नगरपालिका– ३, भब्सीस्थित राष्ट्रिय आधारभूत विद्यालयलाइ आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत विद्यालयलाई ८० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
सामाजिक, आर्थिक रूपले विपन्न गरिब तथा दलित बालबालिकाको पठनपाठनमा सहज होस् भन्ने उद्देश्यका साथ विद्यालयलाई सहयोग गरेको बैंकको भनाइ छ । सहयोग रकमबाट विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री खरिद गरिने विद्यालयले जनाएको छ । हाल बैंकले देशभर ९३ शाखा, ९० एटिएम र १०३ वटा शाखारहित बैंकिङ एकाइमार्पmत वित्तीय सेवा दिँदै आएको छ ।
घरबाटै वित्तीय सुविधा उपभोग गर्न मिल्ने विभिन्न प्रविधिमैत्री योजनासमेत सञ्चालनमा ल्याएको बैंकले भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नेपालभित्रको कुनै पनि पिओएस मेसिनमार्फत सामान वा सुविधा खरिद गर्दा २० प्रतिशतसम्म क्यासब्याक (नगद फिर्ता)योजनासमेत सञ्चालन गरेकोे छ ।