Logo
Logo

पूर्वआईजीपीको कठालो एसपीले समातेपछि…


47.1k
Shares

काठमाडौं । नेपाल प्रहरीका पूर्वआईजीपी सर्वेन्द्र खनालले बहालवालाकै जस्तो रवाफ देखाउँदा संगठनबाटै अवकाश पाएका एक पूर्वएसपीबाट अपमानित हुनुपरेको छ ।

घटना एक महिनाअघिको हो । गएको मंसिर १७ गते सशस्त्र प्रहरी बलका पूर्वडीआईजी माधव थापाको छोराको विवाह भोज होटल र्याडिसनमा थियो । नेपाल प्रहरीबाट सशस्त्र प्रहरी बलमा गएका माधव थापाको छोराको भोजमा धेरैजसो प्रहरीकै भूपू अधिकारीहरू निम्तालु थिए ।

सर्वेन्द्र खनाल र दीपक खरेल

भोजमा मदिराको चूस्कीसँगै राजनीतिक बिषयमा कुराकानी हुन थाल्यो । काविल भएर पनि गणतन्त्रको आन्दोलनले नेपाल प्रहरीको आईजीपी हुनबाट बन्चित भएका पूर्वएआईजी राजेन्द्रबहादुर सिंह, सर्वेन्द्र खनालहरुबीच बर्तमान राजनीतिक परिस्थितिको बारेमा कुराकानी हुन थाल्यो ।

सिंहले दलहरू असफल हुन थालेको, जनतामा निराशा छाएको, राजाको माग हुन थालेको कुरा निकाले । खनालले राजाको पक्षमा जनता नआएको, दुर्गा प्रसाईले ऋण मिनाहा गरिदिन्छु भनेर दुई चार हजार जम्मा पारेको भरमा राजा आउँदैनन् भन्दै प्रतिवाद गरिरहेका थिए ।

उनीहरूबीच बिद्यमान राजनीतिका बारेमा छलफल भइरहेको बेला नेपाल प्रहरीकै पूर्वएसपी दीपक खरेल आइपुगे । उनले खनालतर्फ संकेत गर्दै भने–‘तपाईहरू पनि पहिला राजावादी त हो, राजाको पालामा तपाईका दाजुभाइ मन्त्रीसमेत बन्नुभयो । पछि कांग्रेस हुनुभयो । फेरि माओवादी बन्नुभयो । पुनः एमाले हुनुभयो । राजा आए फेरि उतै गइहाल्नुहुन्छ ।’

खरेलले यसो भनेपछि खनाल रिसले रातोपिरो हुँदै ‘तैँले के भनिस् रे’ भन्दै उनलाई गाली गर्न थाले । खनालले तँ भनेपछि आक्रोशित भएका खरेलले कसलाई तँ भनेको भन्दै खनालको कठालो नै समाते । खनालको कठालो नै समातेपछि कुटाकुट हुने स्थिति आयो । त्यसलाई सम्हाल्न भोजमा सहभागी प्रहरी र सशस्त्रका हाकिमहरू नै अघि सनर््ुपरेको थियो ।

खरेल र खनालबीच वाकयुद्ध हुँदै मल्लयुद्ध नै सुरु भएपछि छेउमा रहेका पूर्वडीआईजी सुरज केसीले खनाललाई समातेर गाडीमा लगी घरतिर पठाए भने खरेललाई अरुले लिएर गए । ह्वीस्कीको चुस्कीसँगै राजनीतिक बहसले तँ तँ म म को अवस्था आएर पूर्वआईजीपी र एसपीबीचको विवादले पार्टी नै खल्लो भएको थियो ।

प्रतिक्रिया दिनुहोस्