Logo
Logo

मुगु सामूहिक हत्याको अनुसन्धानमा खटिएका प्रहरी सम्मानित


1.8k
Shares

काठमाडौं । मुगुको छायाँनाथ रारा नगरपालिका–६ मुन्दु गाउँमा भएको चारजनाको सामुहिक हत्या प्रकरणको अनुसन्धानमा खटिएका १० प्रहरी टोली सम्मानित भएका छन् ।

बुधबार एक कार्यक्रमका बीच जिल्ला समन्वय समिति मुगुले अनुसन्धानमा खटिएको प्रहरी टोली र प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापालगायत अन्य प्रहरीलाई सम्मान गरेको हो ।

जसमा प्रहरी निरीक्षक प्रकाश सिंह कार्की, प्रहरी निरीक्षक भुपेन्द्र कुमार बुढाथोकी, प्रहरी नायव निरीक्षक भानदेव जोसी, प्रहरी सहायक निरीक्षक देवेन्द्र चन्द, प्रहरी जवान दिपक बुढा, चन्द्र रावत, खेमबहादुर थापा, सुस्मिता हमाल र प्रहरी सहायक हवल्दार हस्तबहादुर बुढालाई समितिका प्रमुख मञ्जन बहादुर कार्कीले सम्मान गरेका हुन् ।

गत महिना कार्तिक १० गते छायाँनाथ रारा नगरपालिका–६ मुन्दु गाउका स्थानीयहरुले दुई दिनदेखि एक घरमा ताला लागेको, घर परिवार कोही बाहिर नदेखिएको खबर गरेलगतै प्रहरी नायव उपरीक्षक थापाको नेतृत्वमा मुन्दु गाउँमा पुगेको प्रहरी टोलीले बन्द ढोका खोल्दा एक आमासहित ३ छोराछोरीको विभत्स हत्या गरेर घर बाहिर ताला लगाएको फेला पारेको थियो ।

घटनाको अनुसन्धान बाँकेमा रहेको कर्णाली प्रदेश प्रहरी, कर्णाली प्रदेश प्रहरी सुर्खेत कर्णाली प्रदेश केनाइ शाखा, केन्द्रीय अनुसन्धान व्युरो र मुगु प्रहरी टोलिले अनुसन्धान गरेको थियो । मुन्दु सामूहिक हत्यामा २८ वर्षीया आमा श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज बोहोरा र ७ वर्षकी छोरी अप्सरा बोहोरा र ५ महिने छोरा रहर बोहोराको हत्या भएको थियो ।

प्रतिक्रिया दिनुहोस्