काठमाडौं । नेपालका अटो व्यवसायीहरुको साझा संगठन नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालको ४७ औं साधारण सभा आज हुँदैछ । सोल्टी होटलमा आज र भोलि दुई दिन हुने साधारण सभामा नेपालभर छरिएर रहेका अटो व्यवसायीहरु सहभागि हुनेछन् ।
नाडाको अध्यक्षमा करण चौधरीसहित कार्यसमितिका सबै निर्विरोध चयन भएका छन् । नाडाको विधान अनुसार पदाधिकारी भने सदस्यबाटै चयन हुनेछन् ।
सदस्यमा राजनबाबु क्षेष्ठ, सुरेन्द्रकुमार उप्रेती, मिलनबाबु मल्ल, दीपेन्द्र कुमार मिश्रा, पंकज अग्रवाल, कपिल शिवाकोटी, विक्रम सिंघानिया, नवराज भुसाल, आकाश गोल्छा, निराकार श्रेष्ठ, सुनिल रिजाल, प्रदीपमान प्रधान, सञ्जयकुमार खेतान, सौरभ थापा, ऋद्धि कार्की, यमुना श्रेष्ठ, प्रकाश कपुरी निर्विरोध बनेका छन् ।
यसैगरी संस्थागत तर्फबाट मोरङ अटोमोबाइल्स डिलर्स एसोसिएसनका संजयकुमार श्रेष्ठ, जानकी अटोमोबाइल्स एसोसिएसन अफ नेपालको तर्फबाट तेजनारायण साह, चितवन अटोमोबाइल्स एसोसिएसनको तर्फबाट कुलबहादुर क्षेत्री, पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसन तर्फबाट कृष्णप्रसाद श्रेष्ठ, लुम्बिनी अटोमोबाइल्स एसोसिएसन अफ नेपालको तर्फबाट गणेश प्रसाद भट्टराई, कर्णाली पश्चिम अटोमोबाइल्स डिलर्स एसोसिएसनको तर्फबाट भद्र भण्डारी र सुदूरपश्चिम अटोमोबाइल्स डिलर्स एसोसिएउसनको तर्फबाट पुष्कर राज ओझा निर्विरोध बनेका छन् । यो सहमति ऐतिहासिक र अटो क्षेत्रको हितमा भएको बताइन्छ ।