काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले पर्यटकहरुको आकर्षक गन्तव्य अन्नपूर्ण आधार शिविरमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको छ । स्थानीय सेन्चुरी युवा क्लबसँगको सहकार्यमा बैंकले आधार शिविरमा रहेका व्यवसायी तथा स्थानीय व्यापारी तथा पर्यटकलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको हो ।
उक्त कार्यक्रममा वित्तीय ज्ञान र डिजिटल सेवाका फाइदा तथा जोखिम साथै जोखिम न्यूनीकरणका उपायहरुको बारेमा जानकारी प्रदान गरिएको थियो । सो विषयमा उपस्थित होटल व्यवसायी तथा स्थानीयबीच अन्तक्र्रिया कार्यक्रमसमेत सञ्चालन गरी नगदको विकल्पमा नवीन र प्रयोग गर्न अति नै सहज मानिने क्यूआर, पिओएस, एनएफसी सेवाको महत्वबारे अवगत गराइएको थियो । अन्नपूर्ण आधार शिविर क्षेत्रमा ५० भन्दा बढी होटल तथा रेष्टुरेन्ट सञ्चालनमा छन् ।
स्थापनाकालदेखि नै नयाँनयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिबद्ध रहेको माछापुच्छ्रे बैंकले हालै मात्र नेपाली कर्मशियल बैंकिङ्ग इतिहासमा पहिलोपटक आफ्नै मोबाइल वालेट रेमिट्याप, इएमभी स्टान्डर्डमा आधारित विश्वभर सुरिक्षत र भरपर्दो मानिएको टोकन प्रविधिको प्रयोग गरी मोबाइल बैंकिङ्ग एप्लिकेसन एम–स्मार्टमा एनएफसी कन्ट्याक्टलेस अफलाइन ‘टप बलम पे’, क्यूआरमा भ्याइस अडियो नोटिफकेसन प्रविधिजस्ता सेवा सञ्चालनमा ल्याउँदै आइरहेको छ भने अन्य डिजिटल सेवाहरु जस्तैः मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाइनमार्फत खाता एवं मुद्धति खाता खोल्नेलगायतका अनेकन अत्याधुनिक प्रविधि आफ्ना ग्राहकमाझ ल्याइसकेको छ ।