काठमाडौं, १८ फागुन । ‘साक्षर नेपाल’ भन्ने रोटरी इन्टरनेशनल क्लबको अभियानलाई सफल पार्न देवेन्द्रप्रसाद श्रेष्ठले डेढ लाखको चेक रोटरी क्लब अफकाठमाडौं बेष्टका प्रेसिडेन्ट दिग्विजय विष्टलाई हस्तान्तरण गर्नुभयो ।
उक्त रकम दिवंगत पिता स्व. हिराप्रसाद श्रेष्ठको नाममा अक्षयकोष स्थापना गरिने छ । सो रकमको ब्याजबाट सामुदायिक विद्यालयका गरिब, जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ ।