Logo
Logo

गृहमा चलखेल


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १९ फागुन । प्रहरी नेतृत्वमा हुने गुटबन्दी नौलो कुरा होइन । निजामती प्रशासनमा समेत यस्तो गुटबन्दी देखिएको छ । महेश्वर न्यौपाने गृहसचिवका रुपमा सरुवा भएपछि मन्त्रालयभित्र समेत गुटबन्दी देखिएको छ ।

एक समूह न्यौपानेलाई गृहमा असफल बनाउने खेलमा लागेको छ । त्यसका लागि कतिपय कर्मचारीले उनलाई असहयोग गर्ने तयारी गरेको स्रोत बताउँछ ।

उनी गृहमा सरुवा भएसँगै मन्त्रालयभित्र केही हेरफेर भइसकेको छ । लामो समयदेखि गृहमा कार्यरत सहसचिव नारायण शर्मा दुवाडीलाई हटाइएको छ । प्रवक्ता रहेका केदारनाथ शर्मा र प्रशासन महाशाखाका सहसचिव राम प्रसाद आचार्यको पनि सचिव न्यौपानेसँग राम्रो सम्बन्ध नभएको बताइन्छ ।

सचिव न्यौपानेनले पनि आफ्नै टिम बनाएर गृह प्रशासन चलाउन खोजेको चर्चा छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ आर्थिक चलखेलमा नलाग्ने मन्त्री भएकाले कर्मचारी र उनका सहयोगीले चलखेल गर्दछन् । सचिव न्यौपाने मन्त्री बादलले रुचाएर आएका होइनन् । प्रधानमन्त्रीले पठाएका हुन् । त्यसकारण मन्त्री र सचिवबीच पनि विश्वासको वातावरण नभएको बताइन्छ ।

सचिव न्यौपानेसँग गृहमा काम गरेको अनुभव छैन । त्यसकारण उनलाई असफल बनाउन अन्य सचिवहरु लागेका छन् । गृह आउन चाहेर पनि असफल भएका सचिवहरु केदार न्यौपाने, सूर्य गौतम, यादब कोइराला लगायत उनीविरुद्ध लागेको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्