Logo
Logo

कलकात्ताको वाणिज्यदूत को ?


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २० फागुन । प्रधानमन्त्री केपी शर्मा ओली सोमबार अस्पताल भर्ना भएका छन् । त्यसअघि बोलाइएको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ ।

आइतबार सचिवहरुको सरुवा तथा बढुवाको निर्णय गरिएको छ । सचिव बढुवा हुनेमध्ये एक हुन् एक नारायण अर्याल । नयाँ सचिवलाई बढुवापछि प्रदेशमा पठाइने गरिएकोमा उनलाई भने काठमाडौं महानगरपालिकामा पदस्थापन गरिएको छ । त्यसो त उनी सधैं आकर्षक कार्यालयमा पदस्थापन हुँदै आएका भाग्यमानी कर्मचारी हुन् । काठमाडौंको सिडिओ चलाएको केही महिनामै उनलाई कलकात्ताको महाबाणिज्यदूतमा पठाइएको थियो । त्यहाँको कार्यकाल ठ्याक्क सकिने बेला उनी सचिवमा बढुवा भएका छन् ।

उनको बढुवासँगै कलकात्ताको वाणिज्यदुतमा जान सहसचिवहरुको दौडधुप सुरु भएको छ । जसको अग्रस्थानमा ईश्वरराज पौडेल छन् । डेढ वर्षदेखि अध्यागमन विभागको महानिर्देशक रहेका उनी सुन तस्करी छानबिन टोलीको प्रमुख हुँदा चर्चामा आएका थिए । यसअघि नै उनलाई चीनमा पठाउने तयारी भएपनि अन्तिम समयमा नाम काटिएको थियो । कलकात्तामा पठाइने भन्दै त्यतिबेला उनको नाम हटाइएको थियो । अध्यागमनको सफ्टवेयर खदिरमा प्रधानमन्त्रीका आईटी सल्लाहकार अली असगरसँग मिलेर कमिसन खाएको आरोप उनीमाथि लागेको छ ।

प्रतिक्रिया दिनुहोस्