काठमाडौं । कुमारी बैंकले माघ महिनामा पनि ब्याजदर घटाएको छ । बैंकले माघ १ गतेबाट लागू हुनेगरि मुद्दती निक्षेपको ब्याजदर ८.११ प्रतिसत बनाएको हो ।
बैंकले पुसमा मुद्दती निक्षेपमा ९.३१ प्रतिसत ब्याज दिएको थियो । कुमारी बैंकले बचत खाताको ब्याजदर पनि घटाएर ६.११ प्रतिसत बनाएको छ । यस्तो ब्याजदर पुस महिनामा ६.५१ प्रतिशत थियो ।
कुमारी बैंकले मंसिरमा पनि राष्ट्र बैकको सर्कुलरअनुसार ब्याजदर घटाएको थियो भने पुसमा फेरि घटाएको थियो । बैंकले कर्जाको प्रिमियम समेत घटाएर अधिकतम ३.५ प्रतिशत कायम गरेको छ ।