Logo
Logo

जसको अनुहार हेर्न चाहेका छैनन्


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २० फागुन । राष्ट्र बैंकको अस्थायी अधिकृतबाट झण्डै साँढे तीनदशक अघि ‘करियर’ सुरु गरेका युवराज खतिवडा यतिखेर निकै चर्चामा छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडा बाहेक अरु कसैले अर्थ मन्त्रालय चलाउन नसक्ने भ्रममा छन् । त्यसैले राष्ट्रियसभा अर्थमन्त्रीमा पनि खतिवडालाई निरन्तरता दिने बताएपछि ओली र खतिवडाको व्यापक आलोचना भएको छ । दुई वर्षअघि खतिवडा अर्थमन्त्रीमा नियुक्त भएलगत्तै सेयर बजार ह्वात्तै घटेको थियो भने, गतसाता उनलाई राष्ट्रिय सभामा सांसद नबनाउने समाचार बाहिरिए लगत्तै सेयर बजार अस्वाभाविक रूपले माथि उक्लेको थियो । खतिवडालाई राष्ट्रियसभामा लैजाने निर्णय अझै भइसकेको छैन । खतिवडालाई प्रधानमन्त्री ओलीले बाहेक मुलुकभित्र अरु कसैले पनि अर्थमन्त्रीको रूपमा उनको अनुहार हेर्न चाहेको छैन ।

झण्डै दुईतिहाइ बहुमत रहेको पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले शतप्रतिशत ‘टेक्नोक्र्याट’बाट अर्थ मन्त्रालय चलाउने योजना बनाउनु नै गलत थियो । त्यसमा पनि खतिवडा त्यस्ता व्यक्ति हुन्, जो सँधै शक्ति केन्द्रको वरिपरि मात्र घुम्न रुचाउँछन् । पछिल्लो दुई दशकमा उनले पार्टीका सबैजसो नेतालाई ‘युज एण्ड थ्रो’ गरिसकेका छन् । पदमा पुग्नको लागि जस्तोसुकै भ¥याङ चढ्नसक्ने खुबी भएका खतिवडा विगतमा राजाको शासनकालमा पार्टीलाई लात हानेर योजना आयोगको सदस्य समेत बन्न भ्याएका थिए । भारतको दिल्ली स्कुल अफ इकोनोमिक्सबाट पीएचडी गरेका उनले कहिल्यै चीनसँगको व्यापार, आपसी सहयोग तथा सीमासम्मको सडकसञ्जाल निर्माणको बारेमा चासो देखाएका छैनन् । जबकि, प्रधानमन्त्री ओली विगत दुई वर्षदेखि चीनसँगको सहकार्यलाई प्राथमिकतामा राख्दै आएका छन् । बरु खतिवडा सबैभन्दा धेरै पश्चिमा राष्ट्र विशेषगरी अमेरिका, बेलायत एवम् दातृ निकायहरू विश्व बैंक, एशियाली बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र युएनडीपीसँगको भित्री साँठगाँठमै व्यस्त हुने गरेको देखिएको छ ।

भारतमा पनि केही वर्षअघि काँग्रेसआईको सरकारले खतिवडाजस्तै योजना आयोगको उपाध्यक्ष र गभर्नर बनेका मनमोहनसिंहलाई अर्थमन्त्री र पछि प्रधानमन्त्री बनाएको थियो । अहिले भारतमा उक्त पार्टीको उपस्थिति दिउँसो बत्ती बालेर खोज्नुपर्ने अवस्थामा पुगेको छ । नेकपालाई कांग्रेसआइको अवस्थाबाट जोगाउन पनि खतिवडालाई बिदा दिनुपर्छ ।

पार्टीले घोषणा गरेझैं समाजवादोन्मुख अर्थतन्त्रको रूपरेखा भने अहिलेसम्म कोर्न सकेका छैनन् । यसरी पार्टीको चुनावी घोषणापत्रमा उल्लेख गरिएको उक्त विषयलाई दुईवटा बजेट भाषणमा उल्लेख गर्न नसक्नुको कारण पश्चिमाहरुसँगको साँठगाँठमा नेकपा सरकारलाई असफल बनाउनु नै हो । पश्चिमा राष्ट्र तथा दातृ निकायहरू समाजवादोन्मुख अर्थतन्त्रको लागि कुनैपनि हालतमा आर्थिक सहायता गर्दैनन् । तर पनि प्रधानमन्त्री ओलीलाइ खतिवडाले नै मुलुकलाई समाजवादमा पु¥याउँछन् भन्ने भ्रम छ । यही भ्रमले गर्दा पार्टीभित्र ओली कमजोर बनेका छन् । जनताबाट चुनाव जितेर नआएका व्यक्तिले राजनीति बुझ्दैन । त्यस्ता व्यक्तिले गरेको निर्णयका बारेमा जनतासँग पार्टीले ‘फेस’ गर्नुपर्छ । कतिसम्म भने खतिवडाले कांग्रेसका कार्यकर्ता लालशंकर घिमिरेलाइ प्रधानमन्त्रीका सल्लाहकार बनाएका छन् । घिमिरे लामो समयसम्म अर्थ मन्त्रालयको वैदेशिक सहायता विभागमा बसेका सहसचिव हुन् । उनको विश्व बैंकलगायतका दातृ निकायहरुसँग सम्पर्क छ । यी दातृ निकाय भनेका कम्युनिष्टविरोधी हुन् । नेकपामा चुनाव जितेर आएका एकसेएक योग्य व्यक्ति हुँदाहुँदै प्रधानमन्त्री ओेली कसको दबाबमा परेर खतिवडालाई अर्थमन्त्रीमा निरन्तरता दिन खोजेका हुन् भन्ने कुरा रहस्यमै छ ।

प्रतिक्रिया दिनुहोस्