काठमाडौं । नेपाल बैंक लिमिटेडको ६४औँ वार्षिक साधारणसभा आइतबार सञ्चालक समितिका अध्यक्ष डा चन्द्रबहादुर अधिकारीको अध्यक्षतामा सम्पन्न भएको छ ।
सभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहितको २०८० आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०७९/८० को नाफारनोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू पारित गरिएको हो ।
त्यसैगरी, सभाले महालेखापरीक्षकको कार्यालयबाट मिति २०८० पौष २९ गते प्राप्त परामर्शबमोजिम आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण गर्न तीन जना चाटर्ड एकाउन्टेन्टहरू प्रदीपकुमार श्रेष्ठ, मधुवीर पाण्डे र श्री सृष्टि कोइरालालाई लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ ।