Logo
Logo

खतिवडा अर्थमन्त्रीमा पुनःनियुक्त


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २१ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अर्थमन्त्रीमा डा युवराज खतिवडालाई पुनःनियुक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७८ को उपधारा (१) बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा डा खतिवडालाई नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जानकारी दिए ।
राष्ट्रियसभा सदस्यको पदावधि सकिएपछि मंगलबार मात्र उनले अर्थमन्त्रीको पदबाट राजीनामा दिएका थिए । राष्ट्रपति भण्डारीले उनलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभारसमेत तोकेका छन् । नवनियुक्त अर्थमन्त्री खतिवडालाई आजै राष्ट्रपति कार्यालय शीतलनिवासमा पद तथा गोपनीयताको शपथग्रहण गराउने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्