काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले बिहीबारदेखि काठमाडौंमा २ वटा नयाँ शाखा विस्तार गरेको छ । बैंकले काठमाडौं महानगरपालिका वडा नं ३१ मा शंखमुल शाखा र काठमाडौं महानगरपालिका वडा नं २९ मा अनामनगर शाखा सञ्चालनमा ल्याएकोे हो ।
यी दुई शाखा गरी बैंकको शाखा संख्या दुई सय ६४ पुगेको छ । नयाँ शाखाबाट बिहीबारदेखि नै सम्पूर्ण बैंकिङ सेवा सुरु भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले नयाँ शाखाको उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा सिइओ पाण्डेले नयाँ शाखाबाट ग्राहकमहानुभावलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधा दिने बताए । साथै, काठमाडौं उपत्यकामा चाडै नै अरु थप शाखा खोल्ने समेत उनले जानकारी दिए ।
हाल बैंकले दुई ६४ शाखा कार्यलय, ६३ वटा एक्सटेन्सन काउन्टर, एक सय १३ वटा शाखारहित बैंकिङ सेवा र दुई सय ५५ वटा एटिएम सेवा दिइरहेको जनाएको छ ।