Logo
Logo

सेनामा अनियमितता नियन्त्रण गर्न सांसदको माग


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २२ फागुन । सेनामा अनियमितता र भ्रष्टाचार बढेको भन्ने गुनासा बढ्दै गएको र त्यसको नियन्त्रण गर्न कदम चाल्नुपर्ने सांसदहरुले बताएका छन् । उनीहरुले सेनाभित्रको भ्रष्टाचारबारे जवाफ दिन रक्षामन्त्री ईश्वर पोखरेल र प्रधानसेनापति पूर्णचन्द्र थापालाई समितिमा बोलाउन माग गर्दै उनीहरु नआएसम्म छलफल गर्न नसकिने भन्दै बिहीबारको बैठक स्थगित भएको छ ।
बैठकमा देवेन्द्रराज कँडेल, कृष्णगोपाल श्रेष्ठ, डिला संग्रौला, लालबाबु पण्डित, रेखा शर्मा, दिलेन्द्र बडु, अमरेशकुमार रसिंह, झपट रावललगायतले सेनाभित्रको भ्रष्टाचार र अनियमिततामाथि आवश्यक कानुन बनाउनुपर्ने बताएका छन् । उनीहरुले सय विषयमा रक्षामन्त्री र प्रधानसेनापतिसँग छलफल गर्न जरुरी बताए । फास्ट ट्रयाक, सेना मुख्यालय, गण र गुल्म बनाउँदामात्रै नभएर सरुवा–बढुवा गर्दासमेत सेनामा भ्रष्टाचार भएको कुरा सार्वजनिक हुनु दुःखद भएको सांसद डिला संग्रौलाको भनाइ थियो ।
बैठकमा सांसद अमरेश कुमार सिंहले सेनाभित्रको भ्रष्टाचार कोरोना भाइरसभन्दा पनि खतरनाक रहेको बताएका थिए । उनले सेनाभित्रको भ्रष्टाचार लोकतन्त्रका लागि ससते खतरा रहेको भन्दै मुख्यालयदेखि गण र गुल्मसम्म भ्रष्टाचार हुने गरेको पाइएको बताए ।
बैठकमा बोल्दै सांसद देवन्द्रराज कँडेलले सेना कुनैपनि विवादमा नमुछिकन पारदर्शी हुनुपर्ने बताएका थिए । उनले सेनाले आफुमाथि के आरोप लागेको छ, त्यसमा ध्यान दिनुपर्ने बताउँदै भने, ‘गोलीगठ्ठा वा हेलिकोप्टर खरिद जेसुकै होस्, महालेखाले अव्यवहारिक देखाइरहेको छ । सेनाले पेट्रोल पम्प, क्याटरिङ चलाएर व्यापार ठीक हुँदैन ।’

प्रतिक्रिया दिनुहोस्