Logo
Logo

अमेरिका र बेलायतले थाले यमनमा हुथी शिविरमा हवाई आक्रमण


378
Shares

काठमाडौं । यूएस–ब्रिटिस गठबन्धनले मध्यरातमा यमनको राजधानी र अरू प्रान्तमा हुथी शिविरहरूमा आक्रमण गरेको हुथीद्वारा सञ्चालित अल–मसिराह टीभीले मंगलबार जनाएको छ ।

पूर्वी सानाको अल–हफा शिविर र उत्तरमा अल–दयलामी एयर बेसलाई आक्रमणको निसाना बनाइएको थियो । मध्य प्रान्त अल–बायदाको सहर राडा र दक्षिणपश्चिमी प्रान्त ताइजको मकबानाह क्षेत्रमा पनि आक्रमण गरिएको थियो ।

विस्फोट शक्तिशाली भएको र त्यसको आवाज सहरभरि सुनिएको स्थानीयले बताएका छन् । हुथीले सोमबार अडेनको खाडीमा अमेरिकी सैन्य जहाजमा मिसाइल हमला गरेको दाबी गरेको थियो । त्यसको केही घण्टापछि यो आक्रमण गरिएको हो । अमेरिकी पक्षले ‘कथित’ आक्रमणका बारेमा कुनै टिप्पणी गरेको छैन ।

लालसागरमा रहेको अमेरिका–बेलायत सामुद्रिक गठबन्धनले यमनका विभिन्न उत्तरी प्रान्तस्थित हुथी शिविरहरूमा धेरै हवाई आक्रमण गरेको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

प्रतिक्रिया दिनुहोस्