Logo
Logo

लोककल्याणकारी विज्ञापनको रकम दोब्बर वृद्धि गर्न सरकारलाई काउन्सिलको सुझाव


252
Shares

काठमाडौं । प्रेस काउन्सिल नेपालले पत्रपत्रिकाले पाउँदै आएको लोककल्याणकारी विज्ञापनको रकम दोब्बर वृद्धि गर्न सरकारलाई सुझाव दिएको छ ।

काउन्सिलले एक विज्ञप्ति जारी गरी हालै बसेको बोर्ड बैठकबाट लोककल्याणकारी विज्ञापन बापतको रकम लामो समयसम्म वृद्धि नभएको र टिकाइरहन कठिनाइ भएको भन्दै रकम दोब्बर गर्न सुझाव दिने निर्णय गरेको जनाएको हो ।

काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालद्वारा जारी विज्ञप्तिमा छापा माध्यमलाई टिकाइ राख्न समस्या आइरहेको सन्दर्भमा प्रादेशिक र स्थानीय निकायका विज्ञापन र सूचनाको स्थानका पत्रपत्रिकाले नपाएको विषयमा समेत काउन्सिलको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

‘बैठकले स्थानीय र प्रदेश स्तरका सरकारी विज्ञापनरसूचना प्रकाशनका लागि स्थानीय र प्रदेश स्तरका पत्रपत्रिकालाई प्राथमिकताका साथ उपलब्ध गराउन सम्बन्धित निकायमा लेखी पठाउने निर्णय गरेको छ’ विज्ञप्तिमा भनिएको छ ।
खरिदसम्बन्धी सूचना विद्युतीय खरिदसहित प्रेस काउन्सिल नेपालबाट वर्गीकरणमा परेका पत्रपत्रिकामा प्रकाशन गर्न मिल्ने गरी आवश्यक व्यवस्था गर्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सुझाव दिने निर्णयसमेत भएको विज्ञप्तिमा उल्लेख छ ।

‘सरकारी कार्यालय रहेको स्थानका सञ्चार माध्यममा समेत सूचना प्रकाशन गर्न मिल्ने गरी सार्वजनिक खरिदसम्बन्धी कानुन संशोधन गर्न नेपाल सरकारलाई आवश्यक सुझाव लेखी पठाउने निर्णयसमेत भएको छ’ जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्