नेकपा एकीकृत समाजवादीले केही नेताको जिम्मेवारी हेरफेर गरेको छ । केन्द्रीय सचिवालयको शुक्रबारको बैठकले केही नेताको जिम्मेवारी हेरफेर गरेको उपमहासचिव तथा प्रचार विभागका प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
जसअनुसार लुम्बिनी प्रदेशका अध्यक्ष सोम पाण्डेलाई रुपन्देही जिल्ला ईन्चार्जको पनि जिम्मेवारी दिएको छ । त्यस्तै, गण्डकी प्रदेश अध्यक्ष रामजीप्रसाद शर्मालाई प्रदेश सहईन्चार्ज, तथा कार्यवाहक अध्यक्ष श्रीनाथ बराललाई प्रदेश अध्यक्षको जिम्मेवारी दिएको छ ।
बैठकले लुम्बिनी प्रदेश सचिव राजु गुरुङको राजीनामा स्वीकृत गर्दै सचिवमा अशोक कोइराला चयन गरेको छ भने १४ र १५ माघमा बस्ने केन्द्रीय परिषद् सदस्यहरुको रिक्त स्थानमा संस्थागत निर्णय र सिफारिशका आधारमा मनोनयन गर्ने निर्णय गरेको छ ।