Logo
Logo

नेपालको संविधानले महिलामाथि हुने विभेद हटाउन ठूलो मद्दत पुगेको छ : राष्ट्रपति भण्डारी


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २५ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले ११०औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनीमा समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेकी छन् ।
राष्ट्रपति भण्डारीले आइतबार शुभकामना सन्देश जारी गर्दै महिलाको आर्थिक, सामाजिक तथा व्यवस्थापकीय रूपान्तरणका माध्यमबाट सामाजिक सचेतना तथा राष्ट्रिय समृद्धि हासिल गर्न साझा अभियानको रूपमा ‘समानताको पुस्ताः अन्त्य गरौँ हिंसा, विभेद र असमानता’ भन्ने नाराका साथ राष्ट्रिय लक्ष्यका साथ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै गरेको बताएकी छन् ।
राष्ट्रपतिको शुभकामना सन्देशमा भनिएको छ, ‘नेपालको संविधानले लैंगिक समानताको प्रत्याभूति गर्न महत्वपूर्ण प्रावधानहरूको व्यवस्था गरेको र त्यसबाट महिलामाथि हुने हिंसा र विभेदलाई हटाउन ठूलो मद्दत पुगेको छ ।’
सन् २०३० सम्म हासिल गर्नेगरी निर्धारण गरिएका दिगो विकास लक्ष्यहरू लैंगिक समानता कायम गर्ने, असमानता घटाउने, शान्ति कायम गर्ने र न्यायमा पहुँच र्पुयाउनेजस्ता विषयहरू महिलाको हक संरक्षणमा केन्द्रित रहेको बताउँदै सन्दशेमा ती लक्ष्यहरू हासिल गर्न नीति, संरचना र कार्ययोजनासहित नेपाल सरकार अगाडि बढिरहेको जनाइएकी छन् ।
राष्ट्रपति भण्डारीले लैंगिक समानताका विषयलाई आत्मसात गर्न तथा लैंगिक समानताका लागि क्रियाशील नयाँ र पुराना पुस्ताका अधिकारकर्मीलगायत सम्बद्ध सबैलाई अन्तर्राष्ट्रिय नारी दिवसले थप उत्साह प्रदान गरोस् भन्ने शुभकामना दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्