एजेन्सी । जोर्डन र सिरियाको सीमा नजिकै रहेको अमेरिकी सैन्य बेसमा भएको ड्रोन हमलामा तीन जना अमेरिकी सैनिकको मृत्यु भएको छ । उक्त हमलामा दर्जनौँ घाइते भएका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले इरान समर्थित चरमपन्थी समूहले यो आक्रमण गरेको दाबी गर्दै ‘आफूहरूले यसको जवाफ दिने’ बताएका हुन् । गत अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गरेपछि मध्यपूर्वमा अमेरिकी सैनिक मारिएको यो पहिलो घटना हो ।
यता जोर्डनले यो हमला आफ्नो देशभित्र नभएर सिरियामा भएको बताएको छ । यो क्षेत्रमा यसअघि पनि ड्रोन हमलाहरू हुने गरेका थिए । तर, अमेरिकी सेनाले हालसम्म पनि हताहतको रिपोर्ट सार्वजनिक गरेको थिएन । यो हमला कसले ग¥यो भन्ने हालसम्म खुलेको छैन । तर, राष्ट्रपति बाइडेनले घटनामा जिम्मेवारहरूलाई सजाय दिइने बताएका छन् ।