काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको सञ्चालक समितिको अध्यक्षमा रतन लाल केडिया नियुक्त भएका छन् ।
माघ १२ गते बसेको इन्स्योरेन्सको सञ्चालक समिति बैठकले केडियालाई अध्यक्षको रुपमा नियुक्त गरेको हो ।
नवनियुक्त अध्यक्ष केडियाले आइतबार नियामक निकाय नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरी अध्यक्षको पदभार ग्रहण गरेका छन् ।
साथै माघ ११ गते बसेको इन्स्योरेन्सको छैटौँ वार्षिक साधारण सभाबाट निर्विरोध निर्वाचित भएका सञ्चालकहरु कुमार प्रसाद कोइराला, भरत कुमार तोदी, डा. सुवर्ण दास श्रेष्ठ, केशव राज के.सी. र परिक्षीत खेम्काले सञ्चालक समितिका अध्यक्ष समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरी सञ्चालकको पदभार ग्रहण गरेका छन् ।