Logo
Logo

सिमामा जनतालाई अनावश्यक दु:ख नदिन सशस्त्र प्रहरीलाई मधेशी आयोगको ध्यानाकर्षण


1.4k
Shares

काठमाडौं । मधेशी आयोगले तराई–मधेशसंग जोडिएका नेपाल भारत सीमाका जनतालाई अनावश्यक दुख नदिन सशस्त्र प्रहरीको ध्यानाकर्षण गराएको छ ।

आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याललाई कार्यालयमा बोलाएर गरिब जनताले भारतबाट दैनिक गुजाराको लागि सामान ल्याउँदा पनि सशस्त्र प्रहरीले दुख दिएको गुनासो आएको भन्दै जनतालाई अनावश्यक दुख नदिन निर्देशन दिएका छन् ।

साथै उनले नेपाल–भारत सिमामा देखा परेका विभिन्न समस्याहरु न्यूनीकरण गर्न सशस्त्र प्रहरीलाई अझै संवेदनशील हुन् समेत सचेत गराएका छन् । अध्यक्ष डा.दत्तले मानवअधिकारको संरक्षण सबैको साझा दायित्व रहेको समेत बताएका छन् ।

सशस्त्र प्रहरीमा मधेशी समुदायको पहुँच बढाउन समेत आयोग र सशस्त्र प्रहरीबीच समन्वयात्मक भूमिका आवश्यक रहेको अध्यक्ष डा.दत्तको भनाई छ ।

भेटघाटमा महानिरीक्षक अर्यालले सशस्त्र प्रहरीले छिटै आयोगसंग सहकार्य गरी सिमासंग जोडिएका गाउँहरुमा युवा सशक्तीकरणको लागि सीपमूलक तथा सचेतनामुलक कक्षाहरु संचालन गरिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्