Logo
Logo

डिएसपीहरुको सरुवा


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २७ फागुन ।
प्रहरी प्रधान कार्यालयले केही डिएसपीहरुको काज सरुवा गरेको छ । सरुवाअनुसार महानगरीय प्रहरी वृत्त बौद्धमा नवीन कार्कीको सरुवा भएको छ । उनी यसअघि रौतहटमा थिए । मोहम्मद आफताब आलमलाई पक्राउ र अभियोजनमा गरेको कामको प्रशंसा गरी उनलाई बौद्ध वृत्त दिइएको हो ।


बौद्ध वृत्तका डिएसपी रमेशबहादुर सिंहलाई हटाइएको छ । अख्तियारले छानबिन गरिरहेकाले उनलाई हटाइएको हो ।
त्यस्तै रौतहटमा भरत श्रेष्ठलाई खटाइएको छ । सर्लाहीमा डिएसपीका रुपमा कार्यरत प्रतिकसिंह राठौरलाई पनि प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ ।
उपत्यकाका अन्य केही वृत्तका डिएसपीहरुको समेत सरुवा तयारी भइरहेको स्रोत बताउँछ । सोह्रखुट्टे वृत्तका डिएसपी सन्तोषसिंह राठौरलाई पनि हटाउन लागिएको छ । पर्यटक लुट्ने गिरोहसँग उनको मिलेमतो देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्