Logo
Logo

अब सानीभेरी नदीमा सरर ‘-याफ्टिङ’


- दृष्टि न्युज/संवाददाता

0
Shares

रुकुमपुर्व, २९ फागुन । यहाँको सानीभेरी नदीमा साहासिक पर्यटनअन्तर्गत जलयात्राको परीक्षण सफल भएको छ । सिस्ने गाउँपालिकाको आर्थिक सहयोगमा संस्कृति तथा पर्यटन विकास केन्द्रले सो जलयात्राको सम्भाव्यता अध्ययन गरेकोे थियो ।
सिस्ने गाउँपालिका वडा नम्बर ६ बालुवाबाट शुरु गरिएको जलयात्रा वडा नम्बर ७ को सान्चौरसम्म पुगी सम्पन्न गरिएको केन्द्रका अध्यक्ष पहलसिंह घर्तीमगरले बताए ।
उनले नदीमा जलयात्रा सम्भाव्यता अध्ययन गर्दा र परीक्षण सफल भएको जानकारी दिए । रुकुम पूर्वबाट पश्चिमतिर बग्ने सो नदीमा जलयात्रामा आन्तरिक तथा बाह्य पर्यटनलाई आकर्षित गर्न अब सहयोग पुग्ने जनाइएको छ ।
सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले जलयात्रा परीक्षणको प्रतिवेदन प्राप्तभएपछि नदीमा जलयात्रा गर्न र यसलाई नियमितरुपमा सञ्चालन गर्नको लागि गाउँपालिकाले आवश्यक प्रक्रिया अघि बढाउने जानकारी दिनुभयो । प्राविधिकका अनुसार नदीमा बाह्रै महिना जलयात्रा गर्न सकिने छ ।
सम्भाव्यता अध्ययनको जलयात्रामा सिस्ने गाउँपालिका अध्यक्ष बराल, उपाध्यक्ष गोवद्र्धन बुढा, नेपाल कम्युनिष्ट पार्टि नेकपा सिस्ने गाउँपालिका इञ्चार्ज वासुदेव गौतम, केन्द्रका अध्यक्ष घर्तीलगायत प्राविधिक टोली र स्थानीयको सहभागिता रहेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्