Logo
Logo

नेपाली सेनाका जवानको लेबनानमा मृत्यु


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २९ फागुन ।
संयुक्त राष्ट्र संघ अन्तर्गत दक्षिणी लेबनानस्थित यूनिफिलमा खटिएका एक जना नेपाली शान्ति सेनाको सडक दुर्घटनामा मृत्यु भएको छ।
लेबनानस्थित नेपाली ब्याटको ए–३३ पोस्टमा खटिएका सैनिक जवानलाई शान्ति सेनाकै ट्रकले ठक्कर दिँदा मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेब पाण्डेका अनुसार शान्ति सेनामा खटिएका नेपाली सेनाका अमलदार नरबहादुर मगरको मृत्यु भएको हो । धादिङ मूलपानीका उनी शिवदल गण अन्तर्गत खटिएका थिए।नेपाली सेनाको मेस ए जेवेलस्थित नेपाली ब्याटमा उनी ४ महिनादेखि कार्यरत थिए ।

प्रवक्ता पाण्डेका अनुसार शान्ति सेनामा सह चालकका रुपमा खटिएका उनलाई ट्रकको पछाडीको भागले ठक्कर दिएको थियो। घाईते भएका उनलाई तत्काल अस्पताल लगिएको थियो। अस्पतालले उनलाई मंगलबार मृतक घोषणा गरेको हो।

प्रतिक्रिया दिनुहोस्