Logo
Logo

घुस लिएर दोलखाबाट काठमाडौं आउँदै गर्दा पक्राउ


- दृष्टि न्युज/संवाददाता

63
Shares

काठमाडौं, ३० फागुन ।
डिभिजन वन कार्यालय दोलखामा कार्यरत डिभिजन वन अधिकृत (दशौं तह) सन्तमाया श्रेष्ठले काठ व्यापार गर्ने व्यापारीहरुसँग लिएको घुससहित पक्राउ परेकी छिन् ।

घुस उठाई सरकारी गाडीमा दोलखाबाट काठमाडौं आउदैं गरेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले निज सन्तमाया श्रेष्ठकोलाई जिल्ला भक्तपुर मध्यपुर ठिमी न.पा. ३ गठ्ठाघर चोकमा गाडी रोक्न लगाई चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको दुई लाख तीन हजार पाँच सय रुपैयाँ बरामद भएको हो । त्यो पैसाको उनले स्रोत देखाउन सकेकी छैनन् ।

प्रतिक्रिया दिनुहोस्