काठमाडौं । दिपेश लम्साल महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त भएका छन् । माघ २३ गते बसेको बैंक सञ्चालक समितिको बैठकले लम्साललाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उनले माघ २४ गतेदेखि लागू हुने गरी सीईओको कार्यभार सम्हालेका छन् । बैठकले उनलाई एक कार्यकाल अर्थात ४ वर्षको लागि सीईआको जिम्मेवारी दिएको हो । महालक्ष्मीमा गाभिनुअघि यती डेभलपमेन्ट बैंकमा पनि लम्साल नै सीईओ थिए । उनले कुमारी बैंकमा हेडका रुपमा पनि काम गरिसकेका छन् ।
लम्सालसँग बैंकिङ क्षेत्रको २४ वर्षभन्दा बढी अनुवभ छ । नबिल बैंकमा ८ वर्ष र कुमारी बैंकमा ४ वर्ष काम गरेका उनी महालक्ष्मी बैंकमा भने विगत १२ वर्षदेखि आवद्ध छन् ।