Logo
Logo

पाकिस्तानमा मतदान जारी, इन्टरनेट र मोबाइल सेवा बन्द


378
Shares

काठमाडौं । पाकिस्तानमा आम निर्वाचन अन्तर्गत मतदान जारी छ । बिहान ८ः ३० बजेदेखि सुरु भएको मतदान साँझ ५ः ३० बजेसम्म चल्ने छ । निर्वाचनको सुरक्षा भन्दै पाकिस्तानमा आज देशभर इन्टरनेट सेवा बन्द गरिएको छ । इन्टरनेट सेवा बन्द गरिएपछि पाकिस्तानका धेरै क्षेत्रहरूमा प्रभाव परेको स्थानीय मिडियाले उल्लेख गरेका छन् ।

इन्टरनेट मनिटर नेटब्लक्सले भनेको छ, ‘इन्टरनेट ब्ल्याकआउटका कारण धेरै क्षेत्रमा प्रभाव परेको छ ।’ साथै, मोबाइल नेटवर्क पनि बन्द गरिएको छ ।

इन्टरनेट र मोवाइल सेवा बन्दबारे रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको भनेको छ, ‘आतंकवादी गतिविधिमा भर्खरैको बृद्धिले बहुमूल्य जीवनको कारणले गर्दा देशको सुरक्षा वातावरण खलबलिएको छ । त्यसकारण सुरक्षा खतराहरूबाट जोगाउन उपायहरू लिन आवश्यक देखियो ।’

सुरक्षा मामिलाहरूमा आन्तरिक मन्त्रालयको निर्देशनमा मोबाइल फोन सिग्नलहरू ‘अस्थायी रूपमा’ बन्द गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्