काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतकमा अरुण प्रधान नियुक्त भएका छन् ।
सञ्चालक समितिको माघ २४ गते बसेको बैठकले प्रधानलाई सीईओ तथा महाप्रवन्धक नियुक्त गरेको हो । उनलाई आजदेखि लागू हुनेगरी सीइओ नियुक्त गरिएको कम्पनीले जानकारी दिएको छ ।