एजेन्सी । भारतको उत्तराखण्डस्थित हल्द्वानीको बानभुलपुरामा हिंसा भड्किएको छ । हल्द्वानी थाना क्षेत्रको बानभुलपुरामा पहिल्यै चिह्न लगाइएका ठाउँमा अतिक्रमण हटाउने काम भइरहेका बेला बिहीबार साँझ ढुंगामुढा सुरु भएको हो ।
समुदाय विशेषको ढुंगामुढा र आगजनीका कारण शान्ति सुरक्षा बिग्रिएको र सर्वसाधारणका साथै सरकारी सम्पत्तिमा समेत क्षति पुगेको नैनिताल प्रहरीले जनाएको छ ।
बानभुलपुरामा प्रहरीले अवैध रूपमा बनेका मदरसा भत्काउने काम गरिरहेका बेला स्थानीयले आगजनी र ढुङ्गामुढा गरेका हुन् । यसैबीच प्रदेशका मुख्यमन्त्री पुष्करसिंह धामीले दंगा गर्नेलाई गोली हान्न निर्देशन दिएको बताएका छन् ।