Logo
Logo

प्राइम कमर्सियल र कैलाश विकास बैंकलाई प्राप्तिपश्चातको एकीकृत कारोबार शुरु


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं । प्राइम कमर्सिल बैंकले हालै एक समारोहबीच बैंकका सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले कैलाश विकास बैंक लिमिटेडलाई प्राप्तिपश्चात एकीकृत कारोवार शुभारम्भ गर्नुभयो । प्राइम कमर्सियल बैंक लिमिटेडका सञ्चालक समितिका अध्यक्ष श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा दुबै बैंकका सञ्चालक, प्रमुख कार्यकारी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

बैंकले विभिन्न वित्तीय संस्थाहरुलाई प्राप्ति गरी आफ्नो पूँजी बृद्धि गर्ने योजनाअन्तर्गत कैलाश विकास बैंक लिमिटेडलाई प्राप्ति गरिएको हो । प्राप्ति पश्चात बैंकको चुक्ता पूँजी १३ अर्व ९८ करोड पुगेको छ भने निक्षेप करिब रु.१३० अर्व तथा कर्जा लगानी रु. ११४ अर्व पुगेको छ । प्राप्तिपश्चात बैंकको कुल शाखा संख्या २०० पुगेको छ । प्रमुख आर्थिक गतिविधिहरु हुने स्थानहरुका अतिरिक्त शाखा संजाल देशव्यापी बनेको प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्