Logo
Logo

प्रहरीद्वारा कालोबजारी गर्न लुकाइएको १० लाख ४० हजार थान मास्क बरामद


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ३ चैत । कोरोना भाइरसको त्रास बढिरहेको बेला नेपाली बजारमा कालोबजारी बढ्दै गएको छ । विशेषगरी बजारमा माक्सको चरम अभाव सिर्जना भएको छ ।
कोरोना भाइरसको संक्रमणले विश्व नै आतंकित बनाइरहेका बेला कृतिम अभाव सिर्जना गरेर कालोबजारी गर्नेहरुलाई सरकारले कारबाही गर्ने बताइसकेको छ । यसैक्रममा नेपाल प्रहरीले छापा मारेर ठूलो परिमाणमा मास्क बरामद गरेको छ ।
आइतबार र सोमबारमात्रै प्रहरीले १० लाखभन्दा बढी मेडिकल मास्क बरामद गरेको छ । यति ठूलो परिमाणमा मास्क लुकाइएपछि बजारमा मास्कको अभाव सिर्जना हुन स्वभाविकै हो । प्रहरीले काठमाडौंको सतुंगल र कपनबाट १० लाख ४० हजार थान मास्क बरामद गरेको हो । कालोबजारी बढेको गुनासो आएसँगै प्रहरीले गरेको अप्रेसनमा ७ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परीसरले जनाएको छ ।
आइतबार बढी मूल्यमा बिक्री गरेर लैजादै गरेको बेला समाएपछि घटनाको अनुसन्धान गर्दै जाँदा आरडीजी इन्टरनेसनल प्रालिको गोदामबाट उक्त परिमाणको मास्क फेला परेको प्रहरीले जनाएको छ । मास्कसहित पक्राउ परेकालाई कालोबजारी ऐनअन्तर्गत कारबाही गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बुझाइने प्रहरीले जनाएको छ ।
कोरोना भाइरस संक्रमणको त्रास बढेसँगै बजारमा मास्क र सेनिटाइजरको अभाव भएको छ । कालोबजारी गर्नेहरुले सामान लुकाएर कृत्रिम अभाव सिर्जना गरिएको उपभोक्ताको गुनासो छ । मौकाको फाइदा उठाएर उपभोक्ता लुट्ने व्यवसायीसँग वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लाखौँ रुपैयाँ जरिवाना असुल्न थालेको छ । व्यवसायीले पाँच रुपैयाँ पर्ने मास्कलाई ६० रुपैयाँसम्ममा बेच्दै आएका छन् । कतिपय उपभोक्ताले चर्को मूल्यमा समेत मास्क किन्न पाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्