Logo
Logo

साप्ताहिक पत्रिका स्थगन गर्न छलफल


- दृष्टि न्युज/संवाददाता

63
Shares

काठमाडौं, ७ चैत । कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउन काठमाडौंबाट प्रकाशित हुने साप्ताहिक पत्रिकाका सम्पादकहरुको बैठक बस्दैछ । साप्ताहिक तथा पाक्षिक पत्रिकाको राष्ट्रिय सञ्जालका अध्यक्ष देवप्रकाश त्रिपाठीको अध्यक्षतामा शुक्रबार बसेको बैठकमा ‘शेल्फ क्वारेन्टाइन’मा बस्न पत्रिका प्रकाशन एक महिना स्थगित गर्नेबारे छलफल भएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलन नदिन र संक्रमणबाट नागरिकलाई सुरक्षित राख्न निश्चित अवधिसम्म ‘सेल्फ क्वारेन्टाइन’को व्यवस्था मिलाउनुपर्ने आँकलन गर्दै गृहमन्त्रालयले गृहकार्य सुरु गरेको अवस्थामा साप्ताहिक पत्रिकाका सम्पादकहरुबीच यस्तो छलफल भएको हो ।
साथै, बैठकमा उक्त अवधिभर प्रकाशन बन्द भएका पत्रिकाको वर्गिकरण गर्दा प्रेस काउन्सिलले छुट दिनुपर्ने विषयमा पनि छलफल भएको छ । पत्रिका प्रकाशन एक महिना स्थगित गर्ने नगर्नेबारे आजै निर्णय हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्