Logo
Logo

एसइई दिन आएकी किशोरीको मृत्यु


- दृष्टि न्युज/संवाददाता

0
Shares

प्यूठान, ७ चैत । एसइई दिन आएकी एक किशोरीको बसबाट खस्दा मृत्यु भएको छ । यही ४ गते बिहान करिब १२ बजे प्यूठान नगरपालिका वडा नं सात पुण्यखोलाबाट वाग्दुलातर्फ जाँदै गरेको ना३ख ३८८३ नंको बसमा चढ्ने क्रममा घाइते भई बिहीबार मृत्यु भएको हो ।
उक्त बसबाट खस्दा गम्भीर घाइते भएकी वडा नं ६ लङ्कवाङ निवासी १८ वर्षीया सीमा भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी एवं प्रहरी निरीक्षक पोषण ढकालले बताए । घाइतेलाई जिल्ला अस्पताल बिजुजारमा सामान्य उपचारपश्चात् भैरहवा मेडिकल कलेजमा उपचार सम्भव नभएपछि पुनः काठमाडौंको ब्लुक्रस हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक ढकालले बताए । सवारी र चालक प्रहरीको नियन्त्रणमा रहेको उनको भनाइ छ ।
यसैबीच अनेरास्ववियु र नेविसंघको घटनाप्रति दुःख व्यक्त गर्दै यातायात व्यवसायीको लापरवाही तथा यस प्रकारको रवैयाले भण्डारीको निधनले जिल्लाका यातायात चरम लापरवाही ढङ्गबाट सवारी सञ्चालन गरेको पुष्टि भएको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्