Logo
Logo

कोभिड-१९ः सतर्कता बढाउन अध्यक्ष दाहालको आग्रह


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ९ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी महामारीका रुपमा देखापरेको कोरोना भाइरसको संक्र्रमणबाट बच्नका लागि सावधानी र चेतना अभिवृद्धि गर्न सिंगो पार्टी पंक्ति र जनसमुदायमा आग्रह गरेका छन् ।
अध्यक्ष दाहालले आइतबार प्रेस नोटमार्फत कोरोनाबाट बच्न विशेष सावधानी अपनाउन आग्रह गर्दै पार्टी र सरकारले लिएका नीतिगत र व्यावहारिक निर्णयलाई दृढतापूर्वक पालना गर्न सम्बन्धित सबैमा आग्रह गरेका हुन् । अध्यक्ष दाहालले कोरोना भाइरसको संक्रमण रोक्ने तयारीका लागि आवश्यक औषधि, उपकरण र दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्थालाई सहज तुल्याउनेतर्फ आफ्नो पहल बढाउन सरकारलाई अनुरोध गरेका छन् । यस्तै उनले जोखिमसँग जुध्न राष्ट्रिय एकता र उच्च मनोबलका साथ लागिपर्न र यसको सामना गर्न पनि सबैमा अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्