Logo
Logo

जमुनाह नाका एक साताका लागि बन्द


- दृष्टि न्युज/संवाददाता

0
Shares

बुटवल, ९ चैत । बाँकेको नेपालगञ्जस्थित नेपाल–भारत जमुनाह नाका आइतबारबाट एक साताका लागि बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले कोरोना भाइरसको रोकथामका लागि नाका बन्द गरिएको जनाएको छ ।
भारतको बहराइच जिल्लाको रुपैडिहा बजारमा दुवै देशका अधिकारीबीच जिल्लास्तरीय बैठकपछि यस्तो निर्णय गरीएको बाँके जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी दिघराज उपाध्यायले बताए । उनले दुवै देशका जिल्ला प्रमुख जिल्लास्तयरी बैठकले एक हप्तासम्म आवत जावत रोक्ने निर्णय बताए । तर, ढुवानी भने चल्नेछ ।
भारतको लखनमा कोरोना आशका गरेका व्यतिहरु भेटिएपछि यो नाकालाई कडा गरिएको छ । यसअघि दुवै देशका अधिकारीबीच नेपालगञ्जमा भएको बैठकले जमुनाहा नाकाबाट आवत–जावत गर्नेहरुको स्वास्थ्य परीक्षण कडा बनाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्