Logo
Logo

काठमाडौंको पानीपोखरीमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा विस्तार


504
Shares

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले काठमाडौंको पानीपोखरीमा नयाँ शाखा विस्तार गरेको छ ।

बैंकले काठमाडौं महानगरपालिका वडा नं ३ मा सोमबारदेखि पानीपोखरी शाखा सञ्चालनमा ल्याएकोे हो । यो शाखा गरी बैंकको शाखा संख्या २७० पुगेको छ । नयाँ शाखाबाट सोमबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरु सुरु भएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतीप्रकाश पाण्डेले नयाँ शाखाहरुको उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा सिइओ पाण्डेले नयाँ शाखाहरुबाट ग्राहकमहानुभावहरुलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरु दिने बताए ।

हाल बैंकको २७० शाखा कार्यलय, ६३ वटा एक्सटेन्सन काउन्टर, ११३ वटा शाखा रहित बैंकिङ र २६८ वटा एटीएम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्