Logo
Logo

मनकारी जनप्रतिनिधि : जसले दुई महिनाको घर वहाल मिनाहा गरे


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ११ चैत । मानव र मानवताबीच जब आपत्त-विपत्त पर्छ, तब छुटिन्छ । यस्तै, जनताले सच्चा आफ्ना जनप्रतिनिधि चिन्ने बेला पनि यही हो किनकि, यतिखेर विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको सन्त्रासले आतंकित बनाएको छ ।
कोेरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले सबै किसिमका उपाय अपनाउँदै मंगलबारबाट देश ‘लकडाउन’ गर्ने निर्णय गरेको छ । यससँगै सबै किसिमका व्यापार व्यवसायी, कलकारखाना ठप्प छ । जसले गर्दा घर वहाल कसरी तिर्ने भन्ने चिन्ता त छ नै, अर्र्कोतिर बैंकबाट लिएको ऋणको व्याज पनि थपिएको छ । यस्तो अवस्थामा घरभेटीले एक महिनाको मात्र घर वहाल मिनाहा गरिदिए पनि ठूलो राहत हुन्छ ।
तर, यस्ता मनकारी घरभेटी मालिक पाउनलाई निकै गाह्रो छ । जोसँग मानवता छ, उसले मात्र अहिलेको समस्या बुझ्न सक्छ । ती थोरै मनकारी घरभेटीको उदाहरणका रुपमा दिव्यमणि राजभण्डारी देखिएका छन् ।
नेपाली कांग्रेसका सांसदसमेत रहेका राजभण्डारीले काठमाडौंको न्युरोडस्थित दोलखा छेँमा अवस्थित आफ्नो घरमा बस्ने व्यापारीहरुलाई दुई महिनाको घर वहाल नलिने घोषणा गरेका छन् । सांसद राजभण्डारीको यस्तो घोषणाले उनको घरमा बस्दै आएका बस्दै आएका साना तथा मझौला व्यापारीहरुलाई ठूलो राहतको महशुस गरेका छन् । उनीहरुले सामुहिकरुपमा आफूहरुलाई घर वहाल मिनाहा गरिदिने आफ्नो घरभेटी तथा जनप्रतिनिधिप्रति आभार व्यक्त गरेका छन् । उनीहरुले ‘नेता चिन्नु र चिन्नुपर्ने आपत्त विपतमै हो’ भन्दै मनकारी जनप्रतिनिधि एवं घरभेटीप्रति आभार व्यक्त गरेका छन् ।
वास्तवममै मानवता भन्ने यही हो, जो आपत विपत्त पर्छ, उसलाई सहयोग गर्नु । कोरोना भाइरसको संक्रमणको त्रास्दीसँगै आर्थिक चिन्ता बढिरहेका बेला राजभण्डारीजस्तै अन्य मनकारी घरभेटीहरु पनि निस्किए पक्कै घर बहालमा बस्नेहरुले ठूलो राहतको महशुुस गर्दथे र हुन्थ्यो । अनि उनीहरुले भन्थे, ‘आखिर मानवता भनेकै यही हो’ तर, अहिलेसम्म खाशै यस्ता मनकारी घरभेटीहरु भेएिका छैनन् । कतै भोलिका दिनमा निस्किने हुन् कि ?

 

प्रतिक्रिया दिनुहोस्