Logo
Logo

हिमालयन बैंकको इटहरी शाखा इनरुवामा स्थानान्तरण


252
Shares

काठमाडौं । हिमालयन बैंक लिमिटेडले इटहरी शाखालाई इनरुवामा स्थानान्तरण गरेको छ । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेपश्चात नजिक भएको शाखा सञ्जालमध्ये इटहरी शाखा–२ लाई स्थानान्तरण गरी इनरुवा नगरपालिका वडा नं ०१, सुन्सरीबाट २०८० चैत १ गतेदेखि विभिन्न बैंकिङ सेवा विस्तार गरेको छ ।

बैंकको उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक विराटनगरका निर्देशक इन्द्र चाम्लागाईँ मैनाली गरेकी थिइन् । उक्त समारोहमा इनरुवाका मेयर, उपमेयर, जिल्ला प्रशासन कार्यालय प्रमुख, प्रहरी प्रमुख, नापी कार्यालयका प्रमुखलगायत बैंकका अन्य कर्मचारीको पनि उपिस्थति रहेको थियो ।

हाल बैंकले नेपालभरि फैलिएका एक सय ७४ कुल शाखा संख्या, २० विस्तारित काउन्टर, दुई सय ६४ एटिएम छ हजार पाँच सयभन्दा बढी पोस टर्मिनल र १७ हजारभन्दा बढी विप्रेषन भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकलाई विभिन्न बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्