कोही दुनियाँमा चेहेरा देख्छन्
चेहेरामा कोही दुनियाँ देख्छन्
तिम्रो चेहेरामा वस म यो देख्छु
मेरो चेहेरामा तिमी के देख्छौं ।
दुनियाँको चेहेराले मलाई के देख्छन्
त्यो मलाई मतलव भएन
तर, देशको चेहेरामा खाश हुँ म
मैले देशको चेहेरा बदल्नु छ ।
अब जागौँ, देशको चेहेरा बनाऔँ
जहाँ डाँफे र मुनाल नाच्ने छन्
साँच्चै बुद्ध पनि हाँस्ने छन्
चाँप र लालीगुराँशको आँगनमा, जहाँ
शान्ति र समृद्धिको दियो बल्ने छ ।
तिमीले मात्र चेहेरा बदल
सगरमाथाको शिर अझ थपिने छ
तिमी देशको सच्चा सपुत हौं भने
एउटै चेहेरा बनायौँ, अनि
यो देशमा सुनखरी फूल्ने छ ।
(२५ फागुन २०८०, सिफल, काठमाडौं)