Logo
Logo

एआइजी ज्ञवालीमाथि चुनौतीको चाङ


2k
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी काण्डमा नारायणकाजी श्रेष्ठलाई साथ दिएका एआइजी श्याम ज्ञवालीलाई रवि लामिछानेले सुन तस्करीको पुरक अनुसन्धान गर्ने भन्दै सिआइबी पठाएका छन् । आइतबार सिआइबीको कार्यभार सम्हालेका एआइजी ज्ञवालीलाई अर्का समकालीन एआइजी किरण बज्रचार्यले गरेको अनुसन्धानभन्दा बलियो र विश्वासिलो बनाउनुपर्ने दायित्व देखिएको छ ।

राजश्व अनुसन्धान विभागले करिब ६१ किलो सुन बरामद गरेपछि सिआइबीले त्यसको सांगोपांगो अनुसन्धान गरेको थियो । सोही अनुसन्धानलाई सुनको अवैध पैठारी तस्करीबारे अनुसन्धान गर्न बनेको जाँचबुझ आयोगले त्रुटि औल्याएको थियो । प्रहरीका एआइजीसहित केही प्रहरी कर्मचारी अनुसन्धनमा त्रुटि गरेको भन्दै विभागीय कारबाहीको सिफारिस गरेसँगै ज्ञवालीले त्यसको जिम्मेवारी पाएका छन् ।

आगामी भदौमा घर जान लागेका ज्ञवालीलाई सुन तस्करीमा जोडिएका नेताहरूलाई कारबाही गर्नका लागि पठाइएको भए पनि उनले कसरी अनुसन्धान अघि बढाउछन भनेर हेर्न भने कबाँकी नै रहेको छ ।

सुनको तस्करीमा कमजोर अनुसन्धान गरेको आरोपमा किरण बज्राचार्यको सरुवा भएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को कमाण्ड श्यामलाल ज्ञवालीले सम्हालेका छन् । सुन तस्करीको जाँचबुझ गर्न गठित आयोगले गरेको सिफारिस कडाईका साथ कार्यान्वयन गर्ने जिम्मेवारी ज्ञवालीले पाएका छन् । आयोगले पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महरासहित थुप्रैलाई मुद्दा चलाउन सिफारिस गरेको छ । सीआईबीको यसअघिको अनुसन्धानमा उनीहरूलाई जोगाएको आयोगले दाबी गरेको थियो ।

आयोगको प्रतिवेदनलगत्तै पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पक्राउ परिसकेका छन् । सुन तस्करीमा उनको पनि संलग्नता रहेको दाबी गरिएको छ । महरापुत्र राहुल यसअघि नै पक्राउ परेर कारागारमा छन् । स्रोतकाअनुसार गृहमन्त्री लामिछानेले मुद्दा चलाउन सिफारिस गरिएकालाई तत्काल अनुसन्धानको दायरामा ल्याउन निर्देशन दिएका छन् ।

गृहमन्त्रीको निर्देशनअनुसार सीआईबीले महरालाई पनि पक्राउ गरेको छ । यसअघि दायर भएको मुद्दामा पूरक अभियोग लैजाने तयारी सीआईबीको छ । सीआईबीले यसअघिक ब्रेक सु र भेप प्रकरणमा अवैध सुन चोरी पैठारी र संगठित अपराधमा अभियोग दायर गरेको थियो ।

सुनको अवैध पैठारी तस्करीबारे अनुसन्धान गर्न बनेको जाँचबुझ आयोगले प्रहरीका एआइजीसहित केही प्रहरी कर्मचारीलाई अनुसन्धनमा त्रुटि गरेको भन्दै विभागीय कारवाहीको सिफारिस गरेसँगै गृहमन्त्रालयले उनीहरुलाई सरुवा गरिसकेको छ ।

दावासँग ‘कनेक्सन’ देखिएपछि जीवन चलाउनेलाई प्रहरीले महाराजगन्जस्थित केन्द्रीय अनुसन्धान ब्युरोको कार्यालयमा अनुसन्धानका लागि बोलाएको थियो । तर, ब्युरोका अधिकारीहरुले ‘बयान कागज’ गराएर उनलाई रिहा गरिदिए । ककचलाउनेले गरेको ‘बयान कागज’ नै सीआईबीका अधिकृहरुले गायब बनाएको आयोगको निष्कर्ष रहेको छ ।

जीवन चलाउने अछामको तुर्माखात गाउँपालिकाको तोषीका स्थानीय हुन् । ६० किलो सुनको अनुसन्धानको कमान्ड गरेका प्रहरी उपरीक्षक (एसपी) सञ्जय सिंह थापाको अगाडि अनुसन्धान अधिकृतहरूले चलाउनेलाई बयान गराएका थिए । बयानमा दावालाई पनि अनुसन्धान अधिकृतहरूले सँगै राखेका हुन् । तर, सो ‘कागज’ जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदनमा समावेश नै नगरेको पाइएको आयोगको प्रतिवेदनमा उल्लेख छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले चलाउनेलाई ६० किलोमा प्रतिवादी बनाएर अदालतमा अभियोग पत्र दायर गरेपनि बयान कागज ‘गायब’ हुनुमा आयोगको पदाधिकारीहरूले प्रश्न उठाएका छन् । सीआईबी परिसरबाट कागज गरेर हिँडेका चलाउनेबारे एआईजी बज्राचार्य र एसपी संजयसिंह थापाले आयोगसँगको बयानमा ‘अनभिज्ञता’ जनाएका थिए ।

सिआइबी पुगेका एआइजी ज्ञवालीमाथि पनि २ करोड मागेको आरोप लगाएर अडियो÷भिडियो सार्वजनिक गरिरहेका छन् । यसबारेमा रवि लामिछाने र उनको टिममा रहेका दीपक बोहोरालाई जानकारी गराएको तथा नारायणकाजी श्रेष्ठलाई पनि जानकारी गराएको भन्दै अडियो भिडियोमार्फत जानकारी दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्