Logo
Logo

ओलीका पीएको उद्योगमा इन्ट्री


2.9k
Shares

काठमाडौं । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रीमा दामोदर भण्डारीको नियुक्तिपछि एकाएक मन्त्रालय र मातहतको परिदृश्य फेरिएको छ । एमालेनिकट भएकै कारण विगतमा मन्त्रालयबाट लखेटिएका उपसचिव विवेक घिमिरे मन्त्रीको निजी सचिवमा नियुक्ति हुने चर्चामा छन् ।

खोटाङ घर भएका घिमिरे यसअघि उद्योग मन्त्री हुँदा पनि निजी सचिव थिए । ४२ दिनमा भण्डारीको बहिर्गमनपछि घिमिरे मन्त्रालयमै काम गरिरहेका थिए । त्यसपछि उद्योग मन्त्रीमा रमेश रिजालको प्रवेश भयो ।

रिजालको निजी सचिवका रुपमा रहेका मातृका आचार्यले पेलेरै गृहमन्त्रालय जान बाध्य बनाएका थिए । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सचिवालयमा कार्यरत युवराज दाहालका असिस्टेन्टका रुपमा घिमिरेले काम गरेका थिए । दाहालको प्लेन दुर्घटनामा निधन भएको थियो ।

घिमिरे उद्योगमा आए पनि मन्त्री भण्डारीले निजी सचिवको पत्र भने उपेन्द्र यादवले भवनाथ खतिवडालाई दिएजस्तो हतार हतार दिइहालेका छैनन् । तर पनि सचिवालयको काम भने उनले हेर्दैआएका छन् । घिमिरेको प्रवेशसँगै उपसचिव मातृका आचार्य मन्त्रालयको आपूर्ति शाखातिर झरेका छन् ।

यसअघि उर्मिला केसीलाई खानी बिभाग धपाएर आचार्यले शाखामा पदस्थापन मिलाए पनि मन्त्रीको निजी सचिवको रुपमा काम गर्दैआएका थिए । मन्त्री रिजालको बहिर्गमनपछि हतार हतारमा उद्योग विभाग सरुवा हुने उनको चाहना पूरा हुन नसकेपछि आपूर्तितिर झरेका हुन् ।

आचार्यलाई उद्योग बिभागमा पठाउनका लागि सचिव मुकुन्द निरौलाले कसरत गरे पनि भोलिपल्टै नयाँ मन्त्री नियुक्त भएकाले सफल हुन सकेनन् । बिभागका उपसचिव डिकबहादुर कार्कीलाई मन्त्रालयमा तानेर आचार्य जाने योजना तत्काललाई टरेको छ ।

आचार्यको निजी सचिवबाट बहिर्गमन भएपछि उनकै बलबुतामा तर मार्दैआएका उद्योग बिभागका उपसचिव मनोज रेग्मीसमेत छटपटिएका छन् । आचार्यले बाबुराम गौतमलाई महानिर्देशक बनाएलगत्तै रेग्मीलाई बिभागको निर्देशकमा पठाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्