Logo
Logo

सानिमा बैंकद्वारा १० लाखको दुर्घटना बिमा रकम हस्तान्तरण


315
Shares

काठमाडौं । सानिमा बैंकले १० लाख रूपैयाँको दुर्घटना बिमा दाबी रकम हस्तान्तरण गरेको छ । बैंकले सानिमा प्लाटिनम पेरोल बचत खाताअन्तर्गत दुर्घटना भई पूर्ण रूपमा अशक्त भएका खातावाला टेकबहादुर मगरलाई बिमा रकम हस्तान्तरण गरेको हो ।

बैंकको तर्फबाट बागमती प्रदेश प्रमुख सुशिलराज श्रेष्ठ र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको तर्फबाट दाबी प्रमुख नवराज पराजुलीले संयुक्त रूपमा बिमा रकमको चेक हस्तान्तरण गरे । दुर्घटनामा परेका मगरले बैंकको एकान्तकुना शाखामा सानिमा प्लाटिनम पेरोल बचत खाता खोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्